Today's date: २०८१-०८-०६

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

कृषि अनुसन्धान निर्देशनालय

लुम्बिनी प्रदेश,खजुरा,बाँके

सामाजिक तथा आर्थिक अनुसन्धान इकाई

सामाजिक तथा आर्थिक अनुसन्धान इकाई

अनुसन्धानकर्ता

हेमा कुमारी पौडेल

प्राविधिक अधिकृत

प्रोफाइल हेर्नुहोस्

"कृषि/पशु क्षेत्रको सामाजिक-आर्थिक अध्ययन, प्रविधि अनुग्रहण, कृषि व्यवसाय र बजारीकरण"

सामजिक तथा आर्थिक अनुसन्धान इकाई अन्तर्गत हुने अध्ययन अनुसन्धान:

  1. लुम्बिनी प्रदेशमा कृषि तथा पशुपन्छीसंग सम्बन्धित विविध विषयको सामाजिक र आर्थिक लेखाजोखा
  2. कृषकको आवश्यकता अनुरुप अनुसन्धानमूलक समस्या पहिचान एवं तिनको प्राथमिकीकरण
  3. कृषि अनुसन्धानबाट विकसित प्रविधिको आर्थिक-प्राविधिक रुपले तुलनात्मक विश्लेषण तथा कृषकहरुमा अनुग्रहणको अवस्था पहिचान
  4. कृषि व्यवसाय र बजारीकरणका लागि प्राविधिक सेवा/परामर्श तथा उत्कृष्ट प्रविधि सिफारिस
  5. स्थानीय, प्रदेश र केन्द्र स्तरको कृषि नीति निर्माणमा योगदान

हाल संचालित अनुसन्धान परियोजना

  1. कृषि यान्त्रिकरण र संरक्षित संरचनामा तरकारी खेतीको प्राविधिक र आर्थिक विश्लेषण

अनुसन्धानकर्ता: रविन गिरी

परियोजना अवधि/प्रकार: २०७८ देखि साउन देखि २०७९ असार

प्रमुख क्रियाकलापहरु:

  • धान र मकैमा यान्त्रिकरणको आर्थिक र प्राविधिक विश्लेषण
  • विभिन्न संरक्षित संरचनामा तरकारीको उत्पादकत्व तथा लाभ लागतको तुलनात्मक विश्लेषण

अपेक्षित प्रतिफल:

  • धान र मकैमा यान्त्रिकरणको प्राविधिक तथा आर्थिक प्रभावकारिता सम्बन्धि प्रतिवेदन तयार हुने
  • विभिन्न संरक्षित संरचनामा तरकारीको उत्पादकत्व तथा लाभ लागतको विश्लेशनात्मक प्रतिवेदन तयार हुन
  1. विभिन्न बालीका उन्नत जातहरु र बागवानीका उपलब्ध प्रविधिहरुको अनुग्रहणको अवस्था अध्ययन

अनुसन्धानकर्ता: हेमा कुमारी पौडेल

परियोजना अवधि/प्रकार: २०७८ देखि साउन देखि २०७९ असार

प्रमुख क्रियाकलापहरु:

  • प्रमुख खाद्यान्न बाली र तरकारीका उपलब्ध उन्नत प्रविधिहरुको ग्रहण र प्रभावको अध्ययन/विश्लेषण
  • उन्नत र परम्परागत प्रविधिहरुको लाभ लागत विश्लेषण सहित तुलनात्मक अध्ययन

अपेक्षित प्रतिफल:

  • उन्नत जात र प्रविधिको अनुग्रहण तथा प्रभावको आंकलन हुने
  • किसानका लागि लाभदायक प्रविधिको पहिचान हुने

इकाईले प्रदान गर्ने सेवा/परामर्श

  • बाली/बस्तु प्रविधिको प्राविधिक र आर्थिक विश्लेषण
  • विकसित प्रविधिको ग्रहण अवस्था अध्ययन/मुल्यांकन
  • कृषि बजारीकरण, मूल्य शृंखला अध्ययन
  • अनुसन्धान प्रस्तावना र व्यावसायिक योजना तयार

किसानका लागी सिफारिस/जानकारीमुलक सामग्री

...
कृषि व्यावसायिक योजना (सामाजिक-आर्थिक)

व्यावसायिक योजना एक लिखित दस्तावेज हो जसले व्यवसाय सञ्चालनमा कोशेढुंगाको काम गर्छ l कृषि व्यवसायको थालनी देखि लक्षित उद्देश्य प्राप्तिका लागि आवश्यक रणनीतिको तार्किक विश्लेषण गरिने उक्त दस्तावेजमा कृषि व्यवसाय संचालनका लागि आवश्यक भौतिक पूर्वाधार, पुँजी, कामदारको माग तथा आपूर्ति, उत्पादन र तिनको बजारीकरण तथा प्रवर्द्धन र जोखिम न्यूनीकरणका उपायहरु समेटिन्छन् l

प्रकाशन