Today's date: २०८१-०८-०६

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

कृषि अनुसन्धान निर्देशनालय

लुम्बिनी प्रदेश,खजुरा,बाँके

वाह्य अनुसन्धान र प्रविधि विस्तार

वाह्य अनुसन्धान र प्रविधि विस्तार

अनुसन्धानकर्ता


कुनै पनि नयाँ प्रविधि आम किसान समक्ष विस्तार गर्नको लागि सहभागितामुलक प्रविधि विकास पद्दति महत्त्वपूर्ण मानिन्छ l अनुसन्धान फार्मभित्र उत्कृष्ट देखिएका प्रविधिहरुलाई किसानको खेतबारीमा प्रमाणीकरण गरिनुपर्छ, र ती प्रविधि सामाजिक रुपमा स्वीकार्य एवं आर्थिकरुपमा व्यावहार्य समेत हुन आवश्यक छ l सहभागितामुलक पद्दतिले अनुसन्धान, प्रसार, निजि क्षेत्र, गैर सरहारी संस्था र किसानलाई जोड्ने पुलको काम गर्दछ जसबाट कुनैपनि ठाउँको वातावरण अनुकुल बाली र पशुपन्छी सम्बन्धि प्रविधि विकास र विस्तार गर्न मद्दत पुग्छ l प्रविधि विकासको क्रममा तुलनात्मकरुपमा उत्कृष्ट देखिएका प्रविधि छनौटमा किसान स्वयं संलग्न हुने हुँदा उक्त प्रविधिको ग्रहण र विस्तार तिब्र हुन्छ l साथै किसानले भोगे देखेका खेतीपातीसंग सम्बन्धित समस्याहरुको पहिचान र प्राथमिकिकरण गरी समस्यामा आधारित अनुसन्धान गर्दा त्यसको प्रभावकारिता बढ्छ l वाह्य अनुसन्धान र प्रविधि विस्तार कार्यक्रमले किसानलाई वाह्य अनुसन्धान स्थल मार्फत प्राविधिक सेवा/परामर्श र सुविधाहरु समेत प्रदान गर्दछ l समस्यामा आधारित अनुसन्धान कार्यक्रम तर्जुमा गरी त्यसको कार्यान्वयन र विकसित प्रविधिको किसान र अन्य सरोकारवाला निकाय सम्म तिब्र विस्तारका लागि समन्वयात्मक र अनुकुल वातावरण अपरिहार्य छ l यसरी निर्देशनालयको वाह्य अनुसन्धान र प्रविधि विस्तार कार्यक्रमले प्रविधि विकासमा सहभागितामुलक पद्दति एवं प्रविधि विस्तारमा किसान देखि किसान प्रसार पद्दति अपनाई गुणस्तरीय बीउ/नश्लमा किसानको पहुँच बढाउन, बाली बस्तु उत्पादन र व्यवस्थापनमा प्राविधिक ज्ञान प्रदान गर्न र अनुसन्धान-प्रसार विचको अन्तरसम्बन्ध सुदृढ गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ l निर्देशनालयले आफ्नो कमाण्ड क्षेत्र लुम्बिनी प्रदेश भित्र रही विभिन्न जिल्लामा हाल ३ ओटा वाह्य अनुसन्धान स्थल मार्फत वाह्य अनुसन्धान र प्रविधि विस्तार कार्यक्रम संचालन गरिरहेको छ l

वाह्य अनुसन्धान स्थलहरु

  • वाह्य अनुसन्धान स्थल, मिर्चैया (ठाकुरबाबा-०३, मिर्चैया, बर्दिया)
  • वाह्य अनुसन्धान स्थल, सतबरिया (लमही-०८, सतबरिया, दाङ)
  • वाह्य अनुसन्धान स्थल, बेतहनी (डुडुवा-०२, बेतहनी, बाँके)

वाह्य अनुसन्धान कार्यक्रम अन्तर्गत हाल संचालित क्रियाकलापहरु

  1. अन्नबाली, तेलबाली, फलफूल, तरकारी, घाँसेबाली, बाख्रा संग सम्बन्धित प्रविधिहरुको प्रमाणीकरण
  2. नयाँ जात/नश्ल र प्रविधिहरुलाई किसानको खेतबारीमा प्रदर्शनी मार्फत विस्तार
  3. बाली उपचार र पशु स्वास्थ्य शिविर संचालन
  4. नयाँ वाह्य अनुसन्धान स्थलको आधार सर्वेक्षण
  5. स्थानीय स्तरको कार्यशाला गोष्ठी
  6. प्रदेश स्तरको कृषि प्राविधिक कार्यशाला गोष्ठी
  7. लुम्बिनी प्रदेशका कृषि प्राविधिकका लागि तालिम
  8. कृषक तालिम
  9. कृषक दिवस
  10. प्रविधि प्रकाशन र प्रशारण
  11. नार्क प्रविधि गाउँका लागि समन्वय/सहयोग

वाह्य अनुसन्धान स्थलमा दिईने सेवाहरु

  • सिफारिस उन्मुख कृषि प्रविधि किसानको खेतवारीमा प्रमाणिकरण र प्रसार
  • विभिन्न वाली उत्पादन प्रविधिबारे जानकारी
  • पशुपन्छी र मत्स्य प्रविधिबारे जानकारी
  • बाली उपचार शिविर संचालन
  • पशु स्वास्थ्य शिविर संचालन
  • कृषक तालिम/भ्रमण

किसानका लागी सिफारिस/जानकारीमुलक सामग्री

...
बि एल ४३४१ गहुँ

यो जात खैरो सिन्दुरे, डढुवा, कालोपोके, powdery mildew र spot blotch रोग अबरोधि पाईएको | सिफारीस क्षेत्र : तराई

...
नार्क मोबाईल एप्स

मोबाइलको playstore मा गएर NARC Krishi apps install गरी आवश्यक जानकारी लिनुहोस्

...
नार्क किसान कल सेन्टर

सिफारिश क्षेत्र : तराई भित्री मधेश तथा मध्य पहाडका टार तथा होचा क्षेत्रहरु (१०० देखि ७०० मिटर सम्म)

...
छरुवा धानमा उपयुक्त झारनासक विषादी

धानको बीउ उम्रनु अगावै Pendimethalin १ किलो/हे. र उम्रेपछि Bispyribac Sodium Salt + Ethoxysulfuron २०-३० दिन भित्रमा छर्ने

प्रकाशन

फोटो ग्यालरी

  भिडियो ग्यालरी View More