Today's date: २०८१-०८-०६

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

कृषि अनुसन्धान निर्देशनालय

लुम्बिनी प्रदेश,खजुरा,बाँके

बाली प्रजनन् तथा आनुवांशिक अनुसन्धान इकाई

बाली प्रजनन् तथा आनुवांशिक अनुसन्धान इकाई

अनुसन्धानकर्ता

सुमन बोहरा

वैज्ञानिक (एस-१)

प्रोफाइल हेर्नुहोस्

"बालीको जातीय सुधार तथा विकास, आनुवांशिक श्रोत संरक्षण तथा उपयोग, र श्रोत बीउ उत्पादन ।"

बाली प्रजनन् तथा आनुवांशिक अनुसन्धान इकाई यस निर्देशनालयमा बालीको जातीय सुधार तथा विकास, आनुवांशिक श्रोत संरक्षण तथा प्रयोग, र श्रोत बीउ उत्पादन सम्बन्धी कार्य गर्ने एक महत्वपूर्ण इकाई हो। यस इकाइको मुख्य भूमिका भनेको आधुनिक तथा समसामयिक बाली प्रजनन् सिद्धान्त र तरिकाहरुको प्रयोग गरि प्रमुख अन्नबालीको जातीय सुधारका लागि अनुकूल (adaptive) अनुसन्धान गर्नु हो। यस इकाईले विभिन्न वाली विशेष राष्ट्रिय कार्यक्रमहरुको सहयोगी भूमिका खेली धान (सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, साँवा मसुली सव-१, स्वर्ण सव-१) र गहुँ (खजुरा ड्युरम १, खजुरा ड्युरम २, डाँफे, बिजय)का विभिन्न जातहरु विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। यस इकाइले आफ्नो स्थापना काल देखिनै अनवरत रुपमा प्रमुख अन्नबालीका प्रजनन् बीउ उत्पादन तथा विक्री वितरण पनि गर्दै आइरहेको छ।

हाल संचालित अनुसन्धान परियोजना

  • 1. लुम्बिनी प्रदेशका लागि अन्नबालीको जातीय सुधार परियोजना
  • 2. बाली विशेष साझेदारी जातीय परिक्षण

हालसम्मका उपलब्धिहरु

  • 1. खजुरामा गरिएको खुला सेंचित गोलभेडाको समन्वयात्मक जातीय परीक्षणमा सबैभन्दा बढीउत्पादन (५४.७ टन/हे.) ' HRDTOM ०७५’ जातमा त्यसपछिको उत्पादन (४२.१ टन/हे.) HRDTOM ०८४' र सबैभन्दा कम उत्पादन (१३.२टन/हे.) ‘HRDTOM ०७८' जातमा पाइयो ।
  • 2. खजुरामा गरिएको भेडे खुर्सानीको समन्वयात्मक जातीय परीक्षणमा सबैभन्दा बढीउत्पादन (१२.९ टन/हे.) ' क्यालिफोर्निया वन्डर’ जातमा त्यसपछिको उत्पादन (१०.७ टन/हे.) ‘HRDCAP ००१' र सबैभन्दा कम उत्पादन (८.३ टन/हे.) ‘HRDCAP ००४' जातमा पाइयो ।
  • 3. खजुरामा गरिएको प्याजको समन्वयात्मक जातीय परीक्षणमा सबैभन्दा बढीउत्पादन (९.५ टन/हे.) ' नासिक रेड’ जातमा त्यसपछिको उत्पादन (८.७ टन/हे.) ‘एग्रो फाउण्ड डार्क रेड ' र सबैभन्दा कम उत्पादन (४.३ टन/हे.) ‘AVON १०१६’ जातमा पाइयो ।
  • 4. गोलभेडाको सिर्जना जातमा गरिएको विभिन्न छापोहरुको परीक्षणमा सबैभन्दा बढी प्रति प्लट उत्पादन (३४.७ के.जी.) कालो प्लास्टिकको र त्यसपछि सिल्भर प्लास्टिक (१९.१ के.जी.) र सबैभन्दा कम उत्पादन (७.९ के.जी) कुनै पनि छापो प्रयोग नाभाकोमा प्रयोग गर्दा पाइयो ।
  • 5. खजुरामा गोलभेडाको विभिन्न जातहरु र त्यी जातहरुलाई प्लाष्टिक घरभित्र र खुल्ला ठाउमा लागाएर गरिएको परीक्षणमा सबैभन्दा बढी उत्पादन ’13 x 7’ (४३.५ टन/हे.) र '14 x 7' (३८.३ टन/हे.) जातमा देखियो भने सबैभन्दा कम उत्पादन '17 x 1' (१८.४ टन/हे.) पाइयो l त्यसैगरि प्लाष्टिक घरमा (२४.५ टन/हे.) र खुल्लामा (३३.८ टन/हे.) उत्पादन पाइयो l
  • 6. अंगुरमा गरिएको GA3 को फलको वृद्धि र बिकासमा हुने असर परीक्षणमा सबैभन्दा ठुलो झुप्पा (२२.३ से.मि.) ३० पी.पी.एम. GA3 हाल्दा र सबैभन्दा सानो झुप्पा GA3 नहाल्दा (१७.४) देखियो l साथै सबैभन्दा बढि कुल घुलनशील प्रदार्थ ५० पी.पी.एम. GA3 (२१.९ ०ब्रिक्स) हाल्दा र सबै भन्दा कम GA3 नहाल्दा (२१.१ ०ब्रिक्स) देखियो l

इकाईले प्रदान गर्ने सेवा/परामर्श

  • अन्न बालीको जातीय परिक्षण तथा विभिन्न जातहरु र तिनको जातीय विशेषता सम्बन्धि जानकारी
  • धान, मकै र गहुँको प्रजनन्/बर्णशंकर बीउ उत्पादन
  • रैथाने बाली/जातहरुको चारित्रिकरण, संरक्षण, प्रवर्धन र उपयोग

किसानका लागी सिफारिस/जानकारीमुलक सामग्री

...
नेपाली सुजी गहुँ (ड्युरम गहुँ) (बाली प्रजनन् तथा आनुवांशिक)

हाल नेपालमा "खजुरा ड्युरम १" र "खजुरा ड्युरम २" नामले दुई ओटा सुजी गहुँका जातहरु वि.सं. २०७४ मा उन्मोचन भई सिफारिस भएका छन् l

प्रकाशन

फोटो ग्यालरी