Today's date: २०८१-०८-०६

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

कृषि अनुसन्धान निर्देशनालय

लुम्बिनी प्रदेश,खजुरा,बाँके

बागवानी अनुसन्धान इकाई

बागवानी अनुसन्धान इकाई

अनुसन्धानकर्ता


"फलफूल र तरकारीको जातीय सुधार तथा विकास, उत्पादन प्रविधि, विरुवा प्रसारण एवं नर्सरी व्यवस्थापन"

व्यावसायिक महत्त्वका उष्ण र उपोष्ण फलफूल, तरकारी तथा आलंकारीक बालीहरुको जातीय सुधार तथा विकास, उत्पादन प्रविधि, विरुवा प्रसारण एवं नर्सरी व्यवस्थापन, रोग किरा व्यवस्थापन, आनुवांशिक श्रोतहरुको संरक्षण तथा प्रयोग, संरक्षित संरचनामा बेमौसमी तरकारी खेति, पोस्ट-हार्भेस्ट प्रसोधनमा अनुसन्धान कार्य केन्द्रित रहेको छ l

लक्षित फलफूल र तरकारी:
- उष्ण र उपोष्ण फलफूल- आँप, लिची, अम्बा, केरा, कागती, अंगुर, अनार, अमला, बयर, सपोटा, मेवा
- व्यावसायिक तरकारी- टमाटर, मुला, भण्टा, भेंडे खुर्सानी, भिण्डी, केराउ, बोडी, काउली, बन्दा, काक्रा-फर्सी समूह

तरकारीको मूल बीउ र फलफुल बिरुवा उत्पादन तथा विक्री-वितरण:
- तरकारी: मुला (चालीस दिने) , गेलभेंडा (पुसारुबी), भण्टा (पुसा पर्पल लङ्ग), भेंडे खुर्सानी (क्यालीफोर्नीया), भिण्डी (अर्का अनामीका), केराउ (आर्केल) , बोडी (मालेपाटन १)
- फलफूल: आँप (अम्रपाली, मल्लिका, दशहरी बम्बै ग्रिन) लिची (कल्कतिया, मुजाफर्फुर), अम्बा (लखनउ ४९, इलावाबाद सफेद) , कागती (सुन कागती १, सुन कागती २, युरेका) अंगुर (हिमरोड, पर्लेट, पंजाव पर्पल ,स्टोबेन, क्याहो, ब्युटी सिडलेस, डेलावर), अनार(HRDPOMO—001,HRDPOMO—0002,HRDPOMO—003, HRDPOMO—004, HRDPOMO—005) र फूल (गुलाब, क्रोटोन, एक्जेरा, एकिलफा )

हाल संचालित अनुसन्धान परियोजना

  • बागवानी (तरकारी,फलफूल) को जातीय विकास/सुधार
  • अंगुर बगैंचा व्यवस्थापन
  • केराको बगैंचा व्यवस्थापन प्रविधिको विकास
  • संरक्षित संरचनामा तरकारी उत्पादन प्रविधि

हालसम्मका उपलब्धिहरु

  • खजुरामा गरिएको खुला सेंचित गोलभेडाको समन्वयात्मक जातीय परीक्षणमा सबैभन्दा बढीउत्पादन (५४.७ टन/हे.) ' HRDTOM ०७५’ जातमा त्यसपछिको उत्पादन (४२.१ टन/हे.) HRDTOM ०८४' र सबैभन्दा कम उत्पादन (१३.२टन/हे.) ‘HRDTOM ०७८' जातमा पाइयो ।
  • खजुरामा गरिएको भेडे खुर्सानीको समन्वयात्मक जातीय परीक्षणमा सबैभन्दा बढीउत्पादन (१२.९ टन/हे.) ' क्यालिफोर्निया वन्डर’ जातमा त्यसपछिको उत्पादन (१०.७ टन/हे.) ‘HRDCAP ००१' र सबैभन्दा कम उत्पादन (८.३ टन/हे.) ‘HRDCAP ००४' जातमा पाइयो ।
  • खजुरामा गरिएको प्याजको समन्वयात्मक जातीय परीक्षणमा सबैभन्दा बढीउत्पादन (९.५ टन/हे.) ' नासिक रेड’ जातमा त्यसपछिको उत्पादन (८.७ टन/हे.) ‘एग्रो फाउण्ड डार्क रेड ' र सबैभन्दा कम उत्पादन (४.३ टन/हे.) ‘AVON १०१६’ जातमा पाइयो ।
  • गोलभेडाको सिर्जना जातमा गरिएको विभिन्न छापोहरुको परीक्षणमा सबैभन्दा बढी प्रति प्लट उत्पादन (३४.७ के.जी.) कालो प्लास्टिकको र त्यसपछि सिल्भर प्लास्टिक (१९.१ के.जी.) र सबैभन्दा कम उत्पादन (७.९ के.जी) कुनै पनि छापो प्रयोग नाभाकोमा प्रयोग गर्दा पाइयो ।
  • खजुरामा गोलभेडाको विभिन्न जातहरु र त्यी जातहरुलाई प्लाष्टिक घरभित्र र खुल्ला ठाउमा लागाएर गरिएको परीक्षणमा सबैभन्दा बढी उत्पादन ’13 x 7’ (४३.५ टन/हे.) र '14 x 7' (३८.३ टन/हे.) जातमा देखियो भने सबैभन्दा कम उत्पादन '17 x 1' (१८.४ टन/हे.) पाइयो l त्यसैगरि प्लाष्टिक घरमा (२४.५ टन/हे.) र खुल्लामा (३३.८ टन/हे.) उत्पादन पाइयो l
  • अंगुरमा गरिएको GA3 को फलको वृद्धि र बिकासमा हुने असर परीक्षणमा सबैभन्दा ठुलो झुप्पा (२२.३ से.मि.) ३० पी.पी.एम. GA3 हाल्दा र सबैभन्दा सानो झुप्पा GA3 नहाल्दा (१७.४) देखियो l साथै सबैभन्दा बढि कुल घुलनशील प्रदार्थ ५० पी.पी.एम. GA3 (२१.९ ०ब्रिक्स) हाल्दा र सबै भन्दा कम GA3 नहाल्दा (२१.१ ०ब्रिक्स) देखियो l
  • अंगुरमा बिभिन्न समयमा प्रयोग गरिएको हाइड्रोजन साइनामाइड (HCN) फलको वृद्धि र बिकासमा हुने असर परीक्षणमा सबैभन्दा चाडो पालुवा माघ २८ (३६.५ दिन) मा भेटियो भने सबै भन्दा ढिलो माघ ६ (५५.५ दिन) गते स्प्रे गर्दा भेटियो l त्यसैगरि सबैभन्दा चाडो फूल माघ २८ गते (६९.५ दिन) स्प्रे गर्दा र सबैभन्दा ढिलो फुलेको माघ ६ (८८.३ दिन) गते स्प्रे गर्दा भेटियो l

इकाईले प्रदान गर्ने सेवा/परामर्श

  • फलफूल तरकारी तथा आलंकारिक बालीहरुको खेती प्रविधि तथा विभिन्न जातहरु र तिनको जातीय विशेषता सम्बन्धि जानकारी
  • तरकारीको बीउ उत्पादन प्रविधि सम्बन्धि जानकारी
  • फलफूल तथा फूलहरुको कलमी बिरुवा उत्पालन प्रविधि सम्बन्धि जानकारी
  • रैथाने बाली/जातहरुको संरक्षण, प्रवर्धन र उपयोग

किसानका लागी सिफारिस/जानकारीमुलक सामग्री

...
आलु: जात खुमल विकास

चिप्सको लागि उपयुक्त सिफारिस क्षेत्र: मध्य पहाड र उच्च पहाड

...
तिते करेला

(वागवानी) जात: CG -1 CG -2

...
समर स्क्वास (वागवानी)

  उत्पादन : २७.९-३०.६ मे.ट/ हे. बाली तयारी : ४०-४५ दिन मध्य पहाडको सिंचित क्षेत्रको लागि

प्रकाशन

फोटो ग्यालरी

  भिडियो ग्यालरी View More