बाली रोग व्यवस्थापन: अन्न बाली, तेल बाली, फलफूल र तरकारीका आर्थिक रूपमा महत्त्वपूर्ण रोगहरुको व्यवस्थापनका लागि वातावरण – मैत्री र प्रभावकारी प्रविधि विकासमा केन्द्रित अनुसन्धान
- धानको मरुवा रोग (blast) प्रतिरोधी अनुजात (genotypes) छनौट
- धानको पात डढुवा (bacterial leaf blight) प्रतिरोधी अनुजात (genotypes) छनौट
- गहुँको सिन्दुरे (rust) प्रतिरोधी अनुजात (genotypes) छनौट
च्याउका प्रजाति र उत्पादन प्रविधि: विभिन्न प्रजातिका च्याउहरुको संरक्षण र उत्पादन प्रविधिको विकास एवं च्याउको शुद्ध कल्चर र विजन उत्पादन गरी सरोकारवालालाई विक्रि वितरण
प्राविधिक सेवा तथा परामर्श रोग व्यवस्थापन र च्याउ उत्पादन सम्वन्धी विकसित प्रविधिहरु प्रकाशन तथा तालीमका माध्यमवाट सम्वन्धीत सरोकारवालाहरु समक्ष विस्तार
हाल संचालित अनुसन्धान परियोजना
मध्यपश्चिमी तराई क्षेत्रमा विभिन्न च्याउहरुको (कन्ये, गोव्रे, दुधे, मृगे, रातो) उत्पादन अध्ययन
अनुसन्धानकर्ता: वशिष्ठ आचार्य
परियोजना अवधि/प्रकार: २०७६ साउन देखि २०८० असार
-
प्रमुख क्रियाकलापहरु:
- विभिन्न च्याउका शुद्घ कल्चरको तयारी, मुल्याङ्कन र संरक्षण
- कन्ये च्याउ उत्पादनमा विभिन्न सब्स्ट्रेट र सप्लीमेन्ट्सको असर परिक्षण
- दुधे च्याउ उत्पादनमा विभिन्न सब्स्ट्रेट र सप्लीमेन्ट्सको असर परिक्षण
- गोव्रे च्याउ उत्पादनमा विभिन्न सब्स्ट्रेट र केसिङ्ग वस्तुहरुको असर परिक्षण
- पस्चिमी तराईमा रातोे च्याउ र मृगे च्याउ उत्पादनको सम्भाव्यता अध्ययन
अपेक्षित प्रतिफल:
विभिन्न च्याउका जातहरुको शुद्घकल्चरको संरक्षण हुने
कन्ये जातका च्याउको उत्पादनका लागि उपयुक्त सब्स्ट्रेट र सप्लीमेन्ट्सको पहिचान हुने
दुधे च्याउ र गोव्रे च्याउ उत्पादन लागि उपयुक्त सब्स्ट्रेट र केसिङ्ग वस्तुहरुको पहिचान हुने
सिताके र रातो च्याउको उत्पादन सम्भाव्यता पहिचान र बिस्तार हुने
लुुम्वीनी प्रदेशमा धानको कालो पोके रोगको व्यवस्थापन
अनुसन्धानकर्ता: सुजाता के.सी.
परियोजना अवधि/प्रकार: २०७८ साउन देखि २०८० असार
प्रमुख क्रियाकलापहरु:
- लुम्वीनी प्रदेशमा धानको कालो पोके रोगको सर्वे तथा सर्वेक्षण
- उत्कृष्ट जातहरुको छनौट परिक्षण
- विषादिको असर सम्वन्धी प्रभावकारीता अध्ययन परिक्षण
- कालो पोके रोगको कारणहुने क्षति विश्लेषण
अपेक्षित प्रतिफल:
- लुम्वीनी प्रदेशमा धानको कालो पोके रोगको सर्वे तथा सर्वेक्षण विश्लेषण
- धान खेतिको लागी उत्कृष्ट जातहरुको छनौट परिक्षण
- उत्केकन्ये जातका च्याउको उत्पादनका लागि उपयुक्त सब्स्ट्रेट र सप्लीमेन्ट्सको पहिचान हुने
- दुधे च्याउ र गोव्रे च्याउ उत्पादन लागि उपयुक्त सब्स्ट्रेट र केसिङ्ग वस्तुहरुको पहिचान हुने