Today's date: २०८१-०८-०६

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

कृषि अनुसन्धान निर्देशनालय

लुम्बिनी प्रदेश,खजुरा,बाँके

चरन तथा घाँसेबाली अनुसन्धान इकाई

चरन तथा घाँसेबाली अनुसन्धान इकाई

अनुसन्धानकर्ता

हरि प्रसाद शर्मा

प्राविधिक अधिकृत

प्रोफाइल हेर्नुहोस्

"घाँसेबालीको जातीय मूल्यांकन, छनौट र सुधार ; घाँसको बीउ/बेर्ना उत्पादन तथा वितरण, जर्मप्लाज्म संकलन र प्रवर्धन"
  • घाँसेबालीको जातीय मूल्यांकन, छनौट र सुधार
    1. स्वदेशी हिउँदे वर्षे घाँसेबालीका जातहरु: जई, बर्सीम, सफ्ताल, क्लोभर, हिउँदे भेच, जंगली जई, घाँसे केराउ, बकाइनो, इपिल, टाँकी,, किम्बु, बडहर, मिन्दुला, टियोसेन्टी आदी
    2. विदेशी बहुवर्षीय घाँसेबालीका जातहरु: ग्वाटेमाला, सरगम, नेपियर, स्टाइलो, मुलाटो, सेटारिया
  • घाँसेबाली उत्पादन र व्यवस्थापन प्रविधि
  • घाँसका बिरुवा प्रसार, नर्सरी व्यवस्थापन र बीउ उत्पादन
  • विभिन्न स्वदेशी तथा विदेशी जातका घाँसेबालीको जर्मप्लाज्म संकलन, प्रवर्धन र मुल्यांकन

हाल संचालित अनुसन्धान परियोजना

  • घाँसे बालीको जातीय छनौट, संरक्षण एवं प्रवर्धन परियोजना

अनुसन्धानकर्ता: हरी प्रसाद शर्मा

परियोजना अवधि/प्रकार: निरन्तर

प्रमुख क्रियाकलापहरु:

रैथाने तथा आयातित घाँसेबाली/जातहरुको संरक्षण, प्रवर्धन र उपयोग l

हिउँदे घाँसेबालीको मुल्यांकन ।

बर्से घाँसेबालीको मुल्यांकन ।

बहुबर्से घाँसेबालीको मुल्यांकन ।

अपेक्षित प्रतिफल:

  1. हिउँदे घाँसेबली पत्ता लगाउने, मुल्यांकन र छनोट हुने ।
  2. बर्से घाँसेबली पत्ता लगाउने, मुल्यांकन र छनोट हुने ।
  3. बहुबर्से डालेघाँस घाँसेबली पत्ता लगाउने, मुल्यांकन र छनोट हुने ।
  4. विभिन्न प्रजातिका घाँसहरुको फिल्ड जीनबैंक स्थापना, ब्यबस्थापन र संरक्षण हुने ।
  5. विभिन्न घाँसेबालीको बीउ/बेर्ना/सेट उत्पादन हुने ।
  • घाँसेबाली विशेष साझेदारी जातीय परिक्षण

हालसम्मका उपलब्धिहरु

  • घाँसका विभिन्न एकबर्से, बहुबर्से, स्थानिय र उन्नत जातहरु जस्तै नेपिएर, मुलाटो, स्टाइलो, ग्वांटेमाला, मखन घाँस, केराउ, खेसरी आदिको अनुसन्धान तथा संरक्षण कार्य भईरहेको छ ।
  • बहुबर्से घाँसहरु मध्ये सि.आई. ए. टी. जातको स्टाईलो घाँस सबै भन्दा उपुयुक्त पाईयो ।
  • तोरी तथा बिभिन्न घाँस खेतीको मिश्रीत अनुसन्धानमा सबै भन्दा बढि बीउ उत्पादन हिउँदे भेच र तोरीको मिश्रीत खेती बाट र हरियो घाँस उत्पादन सफ्ताल क्लोभर र तोरीको मिश्रीत खेती सबै भन्दा उपुक्त पाईयो

इकाईले प्रदान गर्ने सेवा/परामर्श

  • घाँसेबाली को जातीय परिक्षण तथा विभिन्न जातहरु र तिनको जातीय विशेषता सम्बन्धि जानकारी
  • घाँसेबालीको बीउ/बेर्ना/सेट उत्पादन तथा वितरण
  • रैथाने घाँसेबाली/जातहरुको संरक्षण, प्रवर्धन र उपयोग

किसानका लागी सिफारिस/जानकारीमुलक सामग्री

...
विभिन्न घाँसेबालीको उत्पादकत्त्व

विभिन्न घाँसेबालीको उत्पादकत्त्व

...
घाँस उत्पादन तालिका

घाँस उत्पादन तालिका वर्षभरी घाँस उत्पादन तालिका

प्रकाशन

फोटो ग्यालरी

  भिडियो ग्यालरी View More