आजको मिति: २०८१-०८-०६

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

कृषि अनुसन्धान निर्देशनालय

लुम्बिनी प्रदेश,खजुरा,बाँके

परिचय

कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश, खजुरा, बाँके लुम्बिनी प्रदेशमा कृषि अनुसन्धान र अध्ययन गर्नको लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको एक महत्त्वपूर्ण निकाय हो । निर्देशनालयले कृषि प्रविधिको विकास र विस्तार मार्फत यस प्रदेशको समग्र कृषि क्षेत्र विकासका लागि कार्य गर्दछ ।

दृष्टिकोण
समय सापेक्ष कृषि अनुसन्धान र विकास मार्फत उच्च ज्ञान र प्रविधिमा आधारित कृषि प्रणालीको अवलम्बनमा कृषकलाई सहजता भएको हुने, साथै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्त्व वृद्धि गरी लुम्बिनी प्रदेशका जनताको जीविका एवं जीवन स्तर सुधारमा योगदान हुने ।

लक्ष
कृषि प्रणालीलाई प्रतिस्पर्धी, व्यावसायिक र नाफामुखी बनाउन कृषि र प्राकृतिक स्रोतमा वैज्ञानिक ज्ञान, सिप र प्रविधिको अधिकतम उपयोगबाट नव प्रवर्तक एवं व्यवहार्य प्रविधिको विकास र विस्तार गर्ने । साथै बाली विज्ञान, बाली प्रजनन्, वागवानी, बाली संरक्षण, बाख्रा, घाँस तथा चरन, मत्स्य, कृषि अर्थ-बजार आदी क्षेत्रका समस्या न्यूनीकरण एवं लुम्बिनी प्रदेशको उष्ण र उपोष्ण हावापानी अनुरुप आवश्यक प्रविधिको आवश्यकता पूर्ति गर्ने ।

कार्यादेश

  • लुम्बिनी प्रदेशका लागि कृषिमा अध्ययन, अनुसन्धान र प्रविधि विकास तथा प्रवर्धन l
  • मातहतका कार्यालयहरुको अनुगमन, समन्वय तथा नियमन l
  • परिषद्को स्वीकृतिमा प्रदेश, स्थानीय सरकार र गैह्र सरकारी संस्थासंग समन्वय र सहकार्य l
  • प्रदेश, स्थानीय कृषक, सहकारी, कृषि उद्यमी र प्रसार कर्मीहरुलाई प्रविधि हस्तान्तरण l
  • स्रोत बिउ/बेर्ना र नश्लको उत्पादन तथा वितरण साथै आवश्यक सेवा l
  • रैथाने र स्थानीय कृषि जैविक विविधता संरक्षण, सम्वर्धन र सदुपयोग l